सुर्खेत जिल्लाको संक्षिप्त परिचय
नेपालको कर्णाली प्रदेश अन्तर्गत अवस्थित सुर्खेत जिल्लाको पूर्वमा सल्यान,पश्चिममा डोटी र अछाम, उत्तरमा दैलेख र जाजरकोट र दक्षिणमा कैलाली र बर्दिया जिल्लाहरु रहेका छन्। २४५१ वर्ग कि.मि मा फैलिएको यो जिल्ला २८ डिग्रि २०ु देखि २८ डिग्री ५८ु उत्तरी आक्षांश र ८० डिग्री ५०ु देखी ८२ डिग्री२ु पूवी देशान्तर सम्म फैलिएको छ । राजनितिक हिसावले यस जिल्लालाई ५ वटा नगरपालिका र ४ वटा गाउँपालिका र २ वटा निर्वाचन क्षेत्रहरुमा विभाजन गरिएको छ । यस जिल्ला अन्तर्गत पर्ने नगरपालिका र गाउँपालिकाको नामावली यस प्रकार छ । सुर्खेत जिल्लाको नगरपालिकाहरुमा वीरेन्द्रनगर, पञ्चपुरी, भेरीगंगा, लेकवेशी र गुर्भाकोट हुन भने गाउँपालिकाहरुमा चौकुने, बराहताल, चिङ्गाड र सिम्ता हुन ।
थप पढ्नुहोस्