1 Jun, 2025, Sun dccsurkhet@gmail.com (+९७७)-०८३- ५२१३६८
समाचार:
/ जिल्ला पार्श्वचित्र

जिल्ला पार्श्वचित्र

अध्यावधिक मिति २०८१ चैत्र १९ गते मंगलबार

भौगोलिक दृष्टिकोणले सुर्खेत जिल्लालाई  ३ भागमा  विभाजन गर्न सकिन्छ । जसमा जिल्लाको उत्तरी भागमा महाभारत श्रृङ्खला रहेको छ ।  महाभारत श्रृङ्खला भित्र सुर्खेत जिल्लाको १,००० देखि २,३६७ मिटर उचाई सम्मको करिब  ४३ प्रतिशत भु-भाग रहेको छ ।   यस जिल्लाको साविककाे लेखगाँउ, जर्वुटा, नेटा, अवलचिङ्ग, पाम्का, मटेला, रजेना, गर्पन, राकम, काप्रिचौर, छाप्रे, लेखफर्सा, गुमी, रानीवास गाँउ विकास समिति पर्दछन्  ।  दोश्रो भौगोलिक क्षेत्र अन्तर्गत मध्य मैदानी उपत्यका तथा पहाडी क्षेत्र रहेको छ । यस क्षेत्रले जिल्लाको लगभग ४२ प्रतिशत भू-भाग ओगटेको छ । यो भू -भाग जिल्लाको मध्य भागमा समुद्र सतहबाट लगभग २५०देखि १,००० मिटरसम्मको उचाइमा पर्दछ ।  साविकका दशरथपुर, लेखफर्सा, गुमी, रामघाट, मेहेलकुना, मैनतडा, घुमखहरे, साहारे, वीरेन्द्गनर, लाटीकोईली, छिन्चु, उत्तरगंगा, कुनाथरी, घाटगाँउ, बाबियाचौर, सालकोट, गुटु, विध्यापुर, कयाण गा.वि.स.हरु आदिका धेरैजसो भूभाग यस क्षेत्रमा पर्दछन्  । तेश्रो भौगोलिक क्षेत्र अन्तरगत चुरीया श्रृङ्खला पर्दछ । सुर्खेत जिल्लाको दक्षिण भागमा अवस्थित १००० देखि १५०० मिटर सम्मको उचाईमा रहेको यस क्षेत्रले जिल्लाको लगभग १३ प्रतिशत भू-भाग ओगटेको छ । यस भू-क्षेत्र भित्र साविकका लेखपराजुल, तातापानी, हरिहरपुर तथा छिचु गा.वि.स.हरु र  वीरेन्द्रगर नगरपालिको केही क्षेत्र पर्दछन्  ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ जेठ १५ गते बिहीबार